काठमाडौं। ग्लोबल आइएमइ बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ मा थप सेवाहरु थपेको छ। अत्याधुनिक प्रविधिमा आधारित ग्लोबल स्मार्टलाई थप परिमार्जन गरिएको हो ।
ग्लोबल स्मार्टमा ब्यक्तिगत ‘क्युआर कोड’ को ब्यवस्था गरिएको छ, जसबाट रकमान्तर वा भुक्तानी गर्न सकिने जनाइएको छ।
प्रयोगकर्ताको औंठा छापमार्फत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ। ग्रहकले यो सेवा बैंकमा नगइ आँफै सुचारु गर्न सक्ने छन्। आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिने नयाँ सेवामा फोनपेको नेटवर्कमा रहेका विभिन् मर्चेन्टलाई रकम भुक्तानी गर्न सकिने बिशेषता पनि यस योजनामा थप थरिएको छ।

















