शुक्रबार एकसाथ तीन नेपाली फिल्म हलमा

239

नेपाली सिनेमा घरमा आज शुक्रवार एकसाथ तीन नेपाली चलचित्र रिलिज भएका छन् । ‘रोमियो एण्ड मुना, चि मुसी चि र सुकुलगुण्डा’ रिलिज भएका हुन् ।

अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । चलचित्रमा उनीहरू बिचको प्रेम, बिछोडको द्धन्द्धलाई देखाइएको छ ।

चलचित्रमा अभिनेता विनय श्रेष्ठको साथमा , प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर निर्माण गरेका हुन् ।

अर्को नेपाली चलचित्र ‘चि मुसी चि’ प्रदर्शनमा आएको छ । यो चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् भने लेखन पनि उनकै रहेको छ । चलचित्रबाट भारतको चर्चित रियालिटी सो ‘डी आई डी’मा चर्चित रहेका सुनिल क्षेत्री र नायिका अलिशा शर्माले डेव्यु गर्दै छन् भने साथमा सुशान्त कार्की, शिव राज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रदर्शनमा आएको अर्को चलचित्र ‘सुकुलगुण्डा’ छ । मधुसुदन भट्टराईको निर्देशन रहेको यो चलचित्रले केही सिंगल थिएटरमा रिलिज भएका छन् ।

चलचित्रमा अभिनेता जीवन लुइँटेल, खुश्बु खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here