रुसी सेनाको रगत बग्न नदिन आफ्ना समर्थक फिर्ता

49

एजेन्सी । रुसमा सक्रिय वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको घटनापछि पहिलो सार्वजनिक अभिव्यक्ति दिनुभएको छ।

संदेशमा उहाँले आफ्ना सदस्यले न्यायका लागि मार्च गरेका दाबी गर्नुभएको छ । झण्डै ११ मिनेट लामो भिडियो संदेशमा रुसी सेनाको रगत बग्न नदिन आफ्ना समर्थक फिर्ता भएको उहाँको भनाइ छ।

वाग्नर समूहका संस्थापक प्रिगोजिनले आफ्नो समूहको पछिल्लो कदम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध लक्षित नभएको पनि बताउनुभएको छ । रुसमा गएको शनिवार नाटकीय घटनाक्रमपछि राष्ट्रपति पुटिन र उहाँ नेतृत्वको सरकारले स्थिति अहिले सामान्य बनेको सङ्केत दिएको बीबीसीले जनाएको छ।

प्रधानमन्त्री मिखाइल मिसुस्टिनले राष्ट्रपतिको पछाडि सबै जना एकताबद्ध हुन आह्वान गर्नुभएको छ । युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमा त्यहाँको निजी सैन्य समूह वाग्नरले सेनामाथि नै विद्रोहको प्रयास गरेको थियो ।

रुसी सेनाले पर्याप्त हतियार नदिएको र आफ्नै भूमिमा आक्रमण गरेको भन्दै वाग्नर समूहले असन्तुष्टि जनाउँदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here