पाकिस्तान विरुद्ध हुने अन्तिम खेलमा नेपालको पहिलो रोजाइ सार्वजनिक

42

बैंगलुरु । साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पाकिस्तान विरुद्ध हुने समूहको अन्तिम खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ । जसमा एक परिवर्तन गरिएको छ ।

आवास लामिछाने पहिलो रोजाइमा खेल्दैछन् । उनी घाइते भएका अन्जन विष्टको स्थानमा खेल्न लागेका हुन् ।

नेपाल र पाकिस्तान बीचको खेल बैंगलुरुस्थित कान्टिरवा स्टेडियममा नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।

नेपाल र पाकिस्तान दुवै टिमको सेमिफाइनल पुग्ने संभावना सकिएकाले यो खेल प्रतिष्ठाको लागि मात्र भएको छ ।

नेपाली टिम

किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, शनिस श्रेष्ठ, देवेन्द्र तामाङ, लकेन लिम्बु, एरिक विष्ट, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, विमल घर्ती मगर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here