‘भारत’ मार्फत बलिउड अभिनेता सलमान र बलिउड अभिनेत्री प्रियंका एक दशकपछि एकसाथ पर्दामा देखिने खबरले सबै दर्शकहरु निकै उत्साहित थिए तर अहिले प्रियंकाले सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेकी छिन् ।
‘भारत’का निर्देशक अली अब्बास जफरले ट्विटर मार्फत पुष्टि गर्दै लेखेका छन्–‘हो, अब प्रियंका भारतको हिस्सा रहने छैनन् । यसको कारण निकै स्पेशल छ, तर, स्पेशल कारण देखाउँदै प्रियंकाले ‘भारत’मा अभिनय नगर्ने भएकी हुन् ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार हलिउडमा रमाइरहेकी प्रियंका ‘भारत’ मार्फत २ वर्षपछि बलिउडमा फर्किने भएकी थिइन् । प्रियंका र अमेरिकन गायक निक केही समय देखि प्रेम सम्बन्धमा रहेका छन् । प्रियंकाले प्रेमी निकसँग विहे गर्ने तयारीका कारण फिल्म छोडेकी हुन् ।
फिल्म ‘भारत’ अहिले फ्लोरमा रहेको छ । फिल्ममा सलमानसँगै दिशा पटानी, तब्बूलाई पनि देख्न सकिने छ । यद्यपी प्रियंकाको भूमिका अब कसलाई मिल्छ भन्ने निश्चित भइसकेको छैन ।
















