गुरूप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै

315

‘गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमस्’

अर्थात्

‘गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलार्इ म नमस्कार गर्दछु ।’

आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।

गुरुपूर्णिमालाई वेदव्यास जयन्तीका रूपमा पनि मनाइन्छ । वेदव्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका छन् । शिक्षा दिने, संगीत सिकाउनेलगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ । गुरुलाई सम्मान गरी उपहारसमेत दिँदै कतैकतै यस दिन गुरुदक्षिणा पनि दिने गरिन्छ ।

Image may contain: 7 people, people smiling, people sitting and indoor

 

Image may contain: one or more people, people sitting and indoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here