वीरगन्ज/ वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा उद्योगी व्यपारीहरुले आइतवार वीरगन्जमा प्रर्दशन गर्नुका साथै आधा घण्टा बजार पनि बन्द गराएका छन् ।
वीरगन्ज महानगरपालिकाको कार्यालयले कर वृद्धि गरेको विरोधमा उद्योगी व्यपारीहरु आइतवारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
उद्योग व्यपारीहरुले थालेको आन्दोलनमा केही राजनीतक दलले पनि साथ दिएका छन् । घण्टाघर चोकबाट बिहान १० बजे निस्किएको विरोध रयालीमा सहभागी उद्योगी व्यपारीले नगर क्षेत्रको परिक्रमा गर्दै महानगरपालिका कार्यालयमा पुगेर मेयर विजय सरावगीलाइ ज्ञापन पत्र पनि बुझाएका छन् ।
नगर परिक्रमाका क्रममा विरोध रयालीमा सहभागी व्यपारीहरुले मेयर सरावगीको विरोधमा नाराबाजी पनि गरेका थिए ।
उद्योगी व्यपारीहरुको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका मेयर सरावगीले स्थानीय सरकारले ल्याएको करको विषयमा वार्ता गर्न आफू तयार रहेको भन्दै उद्योग वाणिज्य संघलाई वार्तामा आउन आग्रह गरे ।
‘हुन त कुनै पनि असन्तुष्टि हुदाँ पहिले आन्दोलन गर्ने र त्यसपछि मात्र वार्तामा बस्ने हाम्रो बानी छ , यो बानी अब सुधार्न पर्छ’ उनले भने, ‘स्थानीय सरकार जहिले पनि जनताको कुरा सुन्न तयार छ । उनले उद्योग वाणिज्य संघले उठाएका केही माग जायज भएपनि अधिकांश माग गलत छन् ।’
मेयर सरावगीले हल्ला भए जस्तो महानगरपालिकाले कुनै पनि नया कर थप नगरेको र पहिले लाग्दै आएको करमा पनि जनतालाइ मर्का पर्ने गरि वृद्धि नगरिएको दाबी गरे । मेयर सरावगीले जन्म, मृत्यु र विवाह दर्तामा कर लागु गरिएको भनेर सामाजिक सन्जालमा भ्रामक हल्ला फैलाएर महानगरपालिकालाई बदनाम गरिएको गुनासो गरे ।अन्नपूर्ण पोष्ट


















