काठमाडौं । काठमाडौं विश्वविद्यालय गणित विभागको आयोजनामा शुक्रबारदेखि गणित सम्मेलन सुरू भएको छ ।नेसनल कन्फरेन्स अन डेटा एण्ड कम्प्यूटिङ विषयमा भइरहेको सम्मेलनमा नेपाल तथा भारतका गरी ३८ शोधपत्रहरुको प्रस्तुति रहेका छन् ।
सम्मेलनमा २ वटा प्लेनरी टक , ६ वटा इन्भाइटेड टक र १ वटा प्यानल डिस्कसन रहेको छ।
असोज १८ र १९ गते २ दिन चल्ने उक्त सम्मेलनमा सम्मेलनका विशेष अतिथि बोस्च साइबर सेक्युरिटी विश्वविद्यालयका प्राध्यापक डा. विशाल सरस्वतले साइबर सेक्युरिटी र अहिले देखिएका समस्याबारे धारणा राखेका थिए । सम्मेलनमा गणित विभागका प्रमुख प्राध्यापक रविन्द्र कायस्थ, स्कुल अफ साइन्सका डिन प्राध्यापक जनार्दन लामिछाने, गोकुल केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


















