‘नेपाल स्टक’ एप सार्वजनिक

193

काठमाडौं / शेयर बजारको बारेमा बुझ्नका निम्ति ‘नेपाल स्टक’ एप सार्वजनिक भएको छ । जसबाट शेयर कारोबार गर्नेहरुका निम्ति धेरै सजिलो हुने भएको छ ।

यसबाट शेयर बजारमा भइरहेको उत्तारचढावबारे मोबाइलबाट नै जानकारी प्राप्त गर्न सकिने भएको छ । साथै यस एपमा सित्तैमा पोर्टफोलियो बनाएर दैनिकरुपमा आफ्नो शेयरको जानकारी लिन सकिने भएको छ । जिनियस सिस्टम्सले ‘नेपाल स्टक’ भन्ने एप हालसालै सार्वजनिक गरेको छ। हेर्दा धेरै राम्रो तथा चलाउँदा धेरै सजिलो यो एपमा पोर्टफोलियो ट्र्याकिङ, शेयर बजार समाचार, तथा वाचलिष्ट राख्न मिल्ने प्रविधी राखिएको छ । यस्तै आगामी दिनमा विभिन्न सुविधाहरु थपिने जानकारी जिनियस सिस्टम्सले दिएको छ । जिनियस सिस्टम्सले नेपाली पात्रो, टाइम्स अफ नेपाल, नेपाली किबोर्ड जस्ता अति उपयोगी एपहरुको सूची मा ‘नेपाल स्टक’ पनि थपेको छ। यो एप एन्ड्रोइड र एप्पल दुवैमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here