दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

212

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक लघुवित्त र एक हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।

बोर्डले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर निष्कासनको अनुमति पाएको हो।

हाल ८ करोड ८१ लख ८ हजार २ सय रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजीसेयर निष्कासन पश्चात १२ करोड १६ लाख रुपैयाँ पुग्नेछ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ।

यस्तै रिभर फल्स पावरले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि सो बराबरको सेयर निष्कासन गर्नेछ।

हाल ३५ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी आईपीओ निष्कासन पश्चात ७० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here