काठमाडौं । संघीय संसदमा बीमा विद्येयक २०७५ प्रस्तुत भएको छ । संघीय संसदको आइतबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा विद्येयक २०७५ प्रस्तुत गर्नुभएको हो ।
बीमा विद्येयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले पुरानो बीमा समिति भन्दा बलियो बनाउन बीमा प्राधिकरणको बनाउन लागिएको जानकारी दिनु भयो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बीमा विद्येयकमा हालको बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने व्यवस्था गरिएको छ । विधेयकमा भएको ब्यवस्था जस्ताको त्यस्तै पारित भएमा समितिका बर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु पदमुक्त हुने छन् ।
बीमाको पहुँच बढाउन सरकारले बजेटमा नै खास खास वर्ग, क्षेत्र र उमेर समुदायलाई निशुल्क स्वस्थ्थ बीमा गरिने व्यवस्था गरिएको जनाउनु भएको छ । बीमा व्यवसाय सिमति व्यक्तिहरुको हातमा हुन नदिन धेरै बीमा कम्पनीहरुको आवश्यकता रहेको औल्याउँदै उनले प्रतिस्पर्धी व्यवसायीक वातावरण निर्माणका लागि कानून पनि बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
बीमा व्यवसायमा कार्टेलिङ, फर्जी बीमाको दाबी नहोस र गल्ती गर्नेले उन्मुक्ती नपाओस भन्नका लागि बीमा समितिलाई बलियो बनाउन बीमा प्राधिकरणको अवधारणा अघि सारीएको उहाँले जनाउनु भयो ।
विदेशी बीमा कम्पनीहरुलाई व्यवस्थीत गर्नुपर्नेमा उहाँको जोड छ । राष्ट्रिय बीमा नीति बमोजिम बीमा क्षेत्रको विस्तार गरीने बताउदै उनले राष्ट्रिय पूँजीमा संचालित बीमा कम्पनीहरुलाई बलियो बनाउन राष्ट्रिय बीमा संस्थानलाइ प्राधिकरणमा लग्न लागेको स्पष्ट पार्नुभयो ।

















