सामाजिक सदभाव कायम राख्न ख्रीष्टियन महासंघकाबसामाजिक सदभाव कायम राख्न ख्रीष्टियन महासंघको अपील

85

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघले केही व्यक्तिहरुले सामाजिक सदभाव विथोल्न खोजेको भन्दै त्यसमा सजग हुन सबैलाई अपील गरेको छ ।
महासंघले सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी एक अर्काका धार्मिक आस्थाको सम्मान गर्ने नेपाली संस्कार भएको तर पछिल्ला दिनमा असहिष्णुता फैलाउने प्रयास भइरहेको बताएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सिबी गहतराजले एक नेपाल र सम्पूर्ण नेपाली एक भएर देशमा शान्ति अमनचयन कायम राखेर यसको समृद्धीको लागि सबै नेपाली एक ठाउँमा मिलेर रहनु पर्ने धारणा राखे । “सदियौंदेखि सम्पूर्ण नेपाली एक भएर बसेको तर अहिले देशमा धार्मिक द्वन्द्व निम्त्याएर देशमा अस्थिरता निम्त्याउन खोजेकोले सबै सर्तक रहनु पर्छ” गहतराजले भने । उनले एक अर्काको धार्मिक आस्थामा आँच आउने खाले गतिविधि नगर्न समेत आग्रह गरे ।
त्यसैगरी अध्यक्ष गहतराजलाई हटाएको भन्ने हल्ला निराधार भएको पत्रकार सम्मेलनमा बताइएको छ । अध्यक्ष गहतराजले पत्रकार सम्मेलनमा बोल्दै केही संचारमाध्यमहरुले गलत सन्देश प्रवाह गरेको भन्दै आपत्ति जनाए । उनले चरित्र हत्यामा संलग्न व्यक्ति र पत्रिकाविरुद्ध कानुनी बाटो रोज्ने चेतावनी समेत दिए ।
अध्यक्ष गहतराजले गत असोज ६ गते कान्तिपुर दैनिकले आफूलाई महासंघ अध्यक्षबाट पदमुक्त गरिएको भन्ने सूचना प्रकाशित गरेको र जुन गैरकानुनी र गैर न्यायीक भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । गहतराजले सूचना प्रकाशित गर्नुपूर्व कान्तिपुर जस्तो चर्चित मिडियाले वास्तविकता के हो भनेर सोचविचार नगरि पैसा कै भरमा चरित्र हत्या गर्नु गलत भएको बताए । ‘कान्तिपुरलाई काति पैसा चाहियो म दिन्छु कैलाश सिरोहियालाई कन्तिपुरबाट हटाईको छ भनेर के छाप्नु हुन्छ’ उनले प्रश्न गरे ।
एकपछि अर्को गैर कानुनी गतिविधी गर्ने उद्धव प्रसाद चिमौरिया लगायतलाई महासंघबाट हटाएको झोकमा कान्तिपुरमा गलत सूचना प्रकाशित गरेर ती व्यक्तिहरुले अर्को भूल गरेको र उनिहरुलाई ठिक पार्न कानुुनी बाटो रोजेको पनि उनले बताए ।
साथै अर्को प्रसंगमा अध्यक्ष गहतराजले एक नेपाल र सम्पूर्ण नेपाली एक भएर देशमा शान्ति अमनचयन कायम राखेर यसको समृद्धीको लागि सबै नेपाली एक ठाउँमा मिलेर रहनु पर्ने धारणा राखे । ‘सदियौंदेखि सम्पूर्ण नेपाली एक भएर बसेको तर अहिले देशमा धार्मीक द्वान्द निम्त्याएर देशमा अस्थिरता निम्त्याउन खोजेकोले सबै सर्तक रहनु पर्छ ।
महासंघ उपाध्यक्ष तुलसि प्रसाद श्रेष्ठले देशमा धर्म निरपेक्षता, धार्मिक तथा सामाजिक सद्भाव विथोल्न विभिन्न व्यक्ति तथा समुदायहरु उद्दत रहेको बेला क्रिष्टयन समुदाय भित्रकै मानिसहरु क्रिष्टीयन मुल्य मान्यता विरुद्ध लाग्नु दुःखत भएको धारणा राखे ।
कार्यक्रममा नेपाल प्रेर हाउस मिनिस्ट्री अध्यक्ष रेभरेन एल।एम जेम्स आलेले सम्पूर्ण क्रिष्चीयनहरु एक हुनु पर्नेबेला महासंघका प्रभावशाली नेतृत्व गहतराजको चरित्र हत्या गर्नु घृणित कार्य भएको धारणा राखे ।
महासंघका महासचिव अनिल राईले प्रेस वक्तव्य वाचन गर्दै कृस्चियन मूल्य र मान्यता विपरित जानो र ने पाली समुदायलाई फूट पैदा गर्ने गलत व्यक्तिहरुलाई कानुनको कठघरमा उभ्याएर पाठ सिकाउनु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here