आज पनि नेप्से घट्याे

40

काठमाडौं । कारोबारको दोस्रो दिन नेप्से परिसूचक ५ दशमलव ८९ अंकले घटेर २०० दशमलव ४५ विन्दुमा पुगेको छ । अघिल्लो दिन दोहोरो अंकले गिरावट आएर नेप्से परिसूचक २००१० दशमलव ३५ विन्दुमा पुगेको थियो ।

सोमबार कारोबार रकम पनि घटेको छ । यस दिन २८४ स्टकको ७८ हजार ४२१ पटकको कारोबारमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ६५ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

त्यस्तै कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९४ अंकले घटेर ३८३ दशमलव ६७ विन्दुमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here