सात बुँदे सहमति अमान्य रहेको जनाउँदै प्रदर्शन

41

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले प्रदर्शनलाई आज पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन्।

उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए। बानेश्वरमा पुगेर उनीहरू सडकमा सुती विराेध ७ बुँदे सहमतिकाे विराेध जनाएका थिए ।

सरकार र शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा मान्य नहुने भन्दै उनीहरू आन्दाेलित भएका हुन्।

राहत शिक्षकहरूलाई शिक्षक महासंघले धोका दिएको उनीहरूकाे भनाइ छ। आफ्ना माग पूरा नभएसम्म आन्दाेलन जारी राख्ने चेतावनी दिएका छन्।

सरकार र शिक्षक महासंघबीच भएकाे ७ बुँदे सहमतिमा आफूहरूको माग सम्बोधन हुन नसकेकाे आन्दाेलित शिक्षकहरू जनाउँछन्।

वि.सं. २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने उनीहरूकाे माग रहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here