नेपालमा दुई हजार २ सय ९७ जनामा कोरोना सङ्क्रमित हुदा ४६ जनाको ज्यान

78

काठमाडाैं । पछिल्लो २४ घण्टामा दुई हजार २ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ८३ जनाको आरटीरपीसीआर विधिबाट परीक्षण गर्दा एक हजार पाँच सय ८४ जनामा र चार हजार ३ सय २१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सात सय १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण दर घट्दै गएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत परीक्षण गर्दा ६ लाख २२ हजार ६ सय ४० जनामा र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा २७ हजार तीन सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा तीन हजार एक सय ३० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ५९ हजार नौ सय २८ पुगेको छ । अहिले नेपालमा कोरोना निको हुने दर ८९ दशमलव ९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा र यसअघिको विवरणसहित ४६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार सात सय ७२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here