मंगलबार सुन तोलामा १ हजार ५ सय

80

काठमाडौं-सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ।

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ तोकिएको छ। सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ। सोमबार १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १२ सय ३५ रुपैयाँ तोकिएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here