विवकेशील र साझा पार्टी पुनः एकीकरण हुने

200

काठमाडौं – विवकेशील नेपाली दल र साझा पार्टी पुनः एकीकरण हुने भएको छ ।

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो जानकारी  दिएका हुन् । उनका अनुसार मंसिर २४ गते दिउँसो ३ बजे दुई पार्टीबीच औपचारिक रुपमा एक हुने भएको हो । एकीकरणपछि उक्त पार्टीको नाम भने विवेकशील साझा नै रहने संयोजक मिश्रले जनाएका छन् ।

यी दुई पार्टी यसअघि पनि एकीकरण भई विभाजित भएका थिए । संयोजक मिश्रले विगतका कमिकमजोरीहरुलाई सुधार गर्दै आफूहरु एक हुन लागेको र देश विकासको बास्तविक संवाहक बनाउन लागेको उल्लेख गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, “हामी एक हुँदैछौँ। विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ। तपाईंको साथले विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा हामी विश्वस्त छौँ । ”

हामी एक हुँदैछौँ। विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ। तपाईंको साथले ‘विवेकशील साझा पार्टी’लाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा हामी विश्वस्त छौँ। एकताका लागि प्रेरित गर्ने सबैप्रति आभारी छौँ। कार्यक्रम दुवै पार्टी, मेरो र कयौँ नेताको फेसबुकबाट लाइभ प्रसारण हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here