एपिएफ र आर्मी क्लब आज फाइनल खेल भिड्ने

492

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल खेल भिड्ने भएका छन् ।

उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधि विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ । लिगको सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

यही साउन ६ गतेदेखि शुरु भएको प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघको टिमको सहभागिता रहेको छ । यसअघि तीन खेलमा दुवै टोलीले नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here