एकैदिन दुई हजार २९ जनाले कोरोना जित्दा ५५ जनाको मृत्यु

206

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार १३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ३३ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार ३४५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टामा दुई हजार २९ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणबाट ५५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ९३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३।६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here