सुमित दास रन्जितकार सचिबालय सदस्यमा नियुक्ति

124

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको चार महिने अभियान मिसन नेक्सट इलेक्सन, टार्गेट न्यु जेनरेसन अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल काठमाडौ महानगर कमिटीको  पहिलो पूर्ण बैठक सम्पन्न भएको छ ।

महानगर कमिटी अध्यक्ष दीपेश सुधाकरको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव तथा महानगर उत्प्रेरक खेमराज शर्माको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैक नेकपा एमाले काठमाडौं महानगर कमिटी अध्यक्ष निर्मल देउलाको विशेष आतिथ्यतामा भएको थियो ।  बैठकमा राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य एवं साइबर सर्कल प्रमुख अजित लामाको  सर्कलका काठमाडौ जिल्ला कमिटी अध्यक्ष सन्तोष अर्याल, प्रदेश कमिटी सदस्यहरू, जिल्ला पदाधिकारीहरू, जिल्ला कमिटी सदस्य लगायतको पनि सहभागिता रहेको थियो ।

बैठकले महानगर कमिटीको सचिवालय गठन गरेको छ । बैठकले संगठनका विभिन्न विभाग गठन गरेको छ । यसको साथै चार महिने अभियानको विशेष सांगठनिक योजना पनि बैठकले बनाएको छ ।

साे बैठकबाट काठमाडौं महानगर कमिटी सचिवालय सदस्यमा सुमित दास रन्जितकार लगायत ५ जना नियुक्त हुनु भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here