काठमाडौं । यूएईको दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि सृष्टि महर्जनले जितेकी छन् ।
उपाधि जितेपछि कुरा गर्दै उनले उपाधि जित्दा खुसी लागेको र मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको प्रतिक्रिया दिइन् । ‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिएँ । तयारी पनि त्यस्तै थियो,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै गर्दा नर्भस पनि थिएँ । अन्ततः सफलता प्राप्त भयो ।’


















