सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

44

काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लुटपाटमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षत्री र धनकुटाका राहुल माझी, भारत पश्चिम बङ्गाल घर भएका ४२ वर्षीय श्रीकान्त माइतीलाई पक्राउ गरेको जानकारी गराएको हो।

पछिल्लो एक महिनायता विशेष गरी मर्निङ वाकमा निस्किने महिलाको सुनको सिक्री लुटिनेक्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘‘बिहानीपख विशेषतः मर्निङ वाकमा निक्लिने महिलाको सुनको सिक्रीहरू लुटिएको भन्ने आधारमा अनुसन्धान सुरु गर्‍यौ। यो अनुसन्धानलाई अगाडि बढायौँ। यसमा गर्नुपर्ने संलग्न रहेको पाइयो। यसमा चार जनालाई पक्राउ गरियो। बाइकहरूको प्रयोग गरेर उनीहरूले लुटेका हुन।’’ लुटपाट कार्यमा मोटरसाइकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ।

उनीहरूको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुट्ने क्रममा प्रयोग गरिएका दुई वटा मोटरसाइकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोबाइल सेट बरामद गरिएको छ। लुटिएको सुनको कारोबार गर्ने कार्यमा संलग्नको खोजी भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here