मेलम्चीको पानी दुई महिना सम्म काठमाडौंमा नआउने

402

काठमाडौं । मेलम्चीको पानी आगामी असार दुई गतेदेखि दुई महिना सम्म काठमाडौंमा नआउने भएको छ ।

मेलची सुरुङ मार्गको परिक्षण कार्यविधि पूरा गर्नका लागि सुरुङमा पानी नआउने भएको हो ।

सरकारले आयोजनाको काम पूरा नहुँदै चाँडो चाँडो हतारमा उद्घाटन गर्न निर्देशन दिएपछि सुरुङको परिक्षण कार्यविधि पूरा नहुँदै सुरुङमा पानी छोडिएकोले अहिले त्यसको परिक्षण कार्यका लागि पानी बन्द गर्नु परेको आयोजना प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

आगामी असारदेखि पानी बन्द गरे पनि सुरुङ खाली गर्न १५ दिन लाग्ने र सुरुङ भित्र केही मर्मत कार्य गर्नु परे केही दिन लाग्ने साथै सुरुङमा पानी छोडेपछि भरिन १५ दिन लाग्ने हुँदा करिब २ महिना काठमाडौंमा पानी नआउने आयोजना स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here