जाजरकोट सदरमुकाममा बोलेरो जिप दुर्घटना

59

जाजरकोट । बारेकोट गाउँपालिकाको लिम्साबाट जाजरकोट सदरमुकाम आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।

सोमबार लिम्साबाट जाजरकोट सदरमुकामका लागि छुटेको बोलेरो जिप नलगाड नगरपालिका–४ बाउसे खोला जिरो प्वाइन्ट टोट्केमा दुर्घटना भएको प्रहरीको जनाएको छ ।

उक्त बोलेरोमा सवार ७ जना घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ । जिपमा सवार घाइतेलाई जाजरकोट अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जनाउनुभयो ।

घाइतेहरुमा बारेकोट गाउँपालिकाका ७० वर्षीय ओइला घर्ती, ७१ वर्षीय तुलसी पुन, ६० वर्षीय धनकली थापा, २२ वर्षीय आकाश घर्ती, ७८ वर्षीय निलु सिंह, ८० वर्षीय पद्मी घर्ती, ७० वर्षीय जैकली रोकाय सवार रहेका नलगाड नगरपालिका –४ का वडा अध्यक्ष बद्री पन्तले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here