जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

108

काठमाडौं । काठमाडौं, १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका(५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका १० घर भएका २० वर्षीय साजन प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको
प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मुस्ताङमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय दिन्डुक छिरिङ गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here