काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। नेता रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ।
यही प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई बुधबार मात्रै काठमाडौंबाट पक्राउ गरेको छ। सोही प्रकरणमा द्वन्द्व विज्ञ तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा असुली गर्ने कार्यमा एउटा गिरोह नै सक्रिय भएको प्रहरीको भनाइ छ। उक्त गिरोहको राजनीतिक दलका नेताहरुसँग साँठगाँठ भएको विषय पनि सार्वजनिक भएको थियो।


















