सवारी दुर्घटनामा दुई जनाको मृत्यु

96

काठमाडौं ।  काठमाडौं महानगरपालिका-१६ बालाजु भाटभटेनी नजिक सडकमा बा.६ च ४८११ नम्बरको गाडी र बा.७५ प २२५९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-२ घर भएका ३९ वर्षीय संन्जिब कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बालाजुस्थित  जनमैत्री अस्पताल हुँदै राष्ट्रिय ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, कमल गाउँपालिका-४ चुलाचुली मोडमा ना.७ ख ८७३५ नम्बरको ट्रक र  प्रदेश १-०१-०१२ प १४५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक दमक नगरपालिका-९ बस्ने ३७ वर्षीय दिपक नेपालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक अस्पतालमा
उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here