चर्चित फिल्म ऐश्वर्य पछि प्रशान्त ताम्राकारको जय शम्भु दोस्रो फिल्म ‘जय शम्भु’ एक्शन लभ स्टोरी फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।
ट्रेलरमा पछिल्लो समय निकै चर्चामा रहेको कलाकारद्धय प्रशान्त ताम्राकार र अनुप विक्र शाहीको टकराबलाई देखाइएको छ । जय शम्भु निर्माण टिमले आइतबार फिल्मको ट्रेलर सार्वजनिकगरेको हो । यस अघि फिल्मको टिजर र गीत सार्वजनिक गरिएको थियो ।
भदौ १ गतेबाट प्रदर्शन हुने प्रतिक्षित फिल्म अनुप विक्रम शाही र प्रशान्त ताम्राकार एउटै फिल्ममा देखिएको कारण पनि फिल्मप्रति दर्शकको आशा थपिएको हो । ट्रेलरमा प्रशान्त र अनुपको अलावा वर्षा सिवाकोटी पनि फिचरिङ छिन् ।
फिल्ममा प्रशान्त, अनुप र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मि भट्ट, वसन्त भट्ट, राज कुमार थापा, कालु राना आदिको मुख्य भूमिका रहेको छ ।
दिनेश शाही प्रस्तुत कर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रूपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रूपमा रहेका छन् । यस्तै सह निर्माताहरू कुशल शर्मा र शिक्षा काफ्ले हुन् ।
रुपेश तामाङले निर्देशन गरेको यस फिल्ममा हरि घले लामाको छायाङ्कन, श्री श्रेष्ठको एक्शन, टङ्क बुढाथोकीको सङ्गीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।
देशैभर ९० भन्दा बढी हलहरूबाट फिल्म जय शम्भु रिलिज हुन लागिएको वितरक कम्पनीले जनाएको छ । ट्रेलर सार्वजनिकसँगै फिल्मका निर्माण टिमले राजधानी र राजधानी बाहिरको लागि फरक फरक प्रचार कार्यक्रम तय गरेको छ ।
‘जय शम्भुु ‘ एक्शन लभ स्टोरी ट्रेलर (भिडियो सहित)

















