काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा सहायक रथी हरेन्द्र पाठकको बढुवा भएको छ । आश्विन १८ गतेको मितिबाट बढुवा भएसँगै सोमबार प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
यसैगरी महासेनानी दर्जामा पदोन्नति भएका डा.निरव कायस्थ, प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुसिल महतले पनि बढुवाको फुली लगाएका छन् ।


















