लोकमानपछिको अख्तियार दलहरूको त्रासमा

182

काठमाडौं÷अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रस्ताव गरेर निलम्बबन गरेलगत्तै संवैधानिक निकाय अख्तियारमा राजनीतिक दलहरूको त्रास प्रष्ट देखिएको छ । लोकमानसिंह कार्कीमाथि कारबाही प्रक्रिया अघि बढाएसँगै अख्तियार कति धेरै त्रसित छ भन्ने कुरा अख्तियारले अस्ति सोमबार सार्वजनिक गरेको विज्ञप्तिबाट प्रष्ट बुझ्न सकिन्छ । अख्तियारले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै केही सार्वजनिक पद धारण गरेका व्यक्तिहरूविरुद्ध अख्तियारले कारबाही प्रक्रिया अघि बढाउँदै छ भन्ने कुरा सत्य नभएको जनाएको छ । अख्तियारको स्थापना नै सार्वजनिक पद धारण गरेकाहरूले पदको दुरूपयोग गर्दै अकूत सम्पत्ति कमाएकाहरूलाई कारबाहीको दायरामा ल्याउनका लागि भए पनि लोकमानको बहिर्गमनपछि भने अख्तियारमा त्रासको अवस्था रहेको पुष्टि भएको छ । सार्वजनिक पद धारण गरेकाहरूले गल्ती गर्दा कारबाही पर्नु स्वाभाविक हुने भए पनि अख्तियारले भने अत्ताल्लिँदै कसैलाई कारबाही नगरिएको विज्ञप्ति सार्वजनिक गर्नुले उसले आफ्नो संवैधानिक भूमिकालाई बिर्सिएर दलहरूलाई नचिढाउने भूमिका अख्तियार गरेको प्रष्टै हुन्छ । यसले यसै पनि भ्रष्टाचार गर्ने मुलुकहरूको सूचीमा अग्रस्थानमा रहेको नेपालमा राजनीतिक दलहरूले भ्रष्टाचार गर्न थप प्रोत्साहन गरिरहेको पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here