सभापति नेतृत्व कब्जा गर्ने उद्देश्यले पार्टीलाई अस्तव्यस्त बनाए : प्रकाशमान सिंह

111

त्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ। कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आइतबार बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए।

गत असार दोस्रो साता सङ्क्रमणपश्चात अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो। कोरोनामुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत थिए।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका उनी यसअघि सोही पार्टीबाट हाल वडा नं ४ रहेको साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित भएका थिए। एमालेमा आबद्ध रहेर लामो समयसम्म पार्टीको जिम्मेवारी पूरा गरेका वडाध्यक्ष अधिकारीको निधनले स्तब्ध बनाएको पार्टीका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले बताए। – रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here