‘पहिलो नम्बर’मा ‘छक्का पञ्जा ३’को पहिलो गीत सार्वजनिक

264

केही दिन अघि मात्र छायाङ्कन सकाइएको प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक लोक लयमा रहेको गीतमा गायक डेभिड शङ्कर र बिन्दु परियारको स्वर रहेको छ ।

‘पहिलो नम्बर’मा बोलको सार्वजनिक गीतमा दिपकराज गिरी, दीपिका प्रसाई, दिपाश्री निरौला, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, वर्षा राउतको नृत्य रहेको छ । चलचित्रका कलाकारसाथै अघिल्लो छक्का पन्जा एक र दुईका कलाकारहरू समावेश छन् । सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा शब्द राजेन्द्र थापाको रहेको छ भने सङ्गीत दीपक शर्माको रहेको छ ।

चलचित्रमा चलचित्र ‘छक्का पन्जा ३’लाई कथा दिपकराज गिरीको रहेको छ। चलचित्र ‘छक्का पन्जा ३’लाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् भने संवाद दिपकराज गिरी, जितु नेपाल, केदार प्रसाद घिमिरे, यमन श्रेष्ठको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here