कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने जनाएको थियो ।
बोर्ड स्रोतका अनुसार परीक्षा नियन्त्रकले मंगलबार नै नतिजाको लागि सम्पूर्ण काम सकिएको जानकारी बोर्ड अध्यक्षलाई गराइसकेका थिए ।
करिब ४ लाख बिद्यार्थी सहभागी भएको यो वर्ष परीक्षामा बोर्डले यसपटक बोर्डले सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरेको हो । यसअघि पहिलो चरणमा विज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएको थियो ।


















