काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक योग्यताको प्रमाण पत्रलगायतका विषयमा विवादमा मुछिएकाले प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा पत्रपत्रिकामा सुनियोजित रुपमा बदनाम बनाउन लागेको विषयमा जोशीले प्रधानमन्त्री ओलीसँग गुनासो गरेका थिए।
प्रधानमन्त्री ओलीले जोशीले राजीनामा नदिए संसदीय सुनुवाई समितिमा रहेका नेकपा र सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसदलाई जोशीको नाम अस्वीकार गर्न निर्देशन दिइसकेका छन् ।
संसदीय सुनुवाई समितिमा पन्ध्र सदस्यीय- नेकपाका नौ, अर्को सत्तारुढ दल फोरमका एक, सरकारलाई समर्थन गरेको राजपाका एक र कांग्रेसका चार सदस्य छन् ।
संसदीय सुनुवाइको निर्णय आउन केहि समय मात्र वाँकी रहँदा कामु प्रधानन्यायाधिश दिपक राज जोशी प्रधानन्यायाधिश हुने नहुने कुरा प्रधानमन्त्री केपी ओलीको निर्णयमा भर पर्ने देखिएको छ।


















