अन्‍नपूर्ण पोष्टमा हरिबहादुर थापाको आगमन

295

काठमाडौं/ बुधबार अन्‍नपूर्ण दैनिकमा समाचार कक्षमा नयाँ प्रधान सम्पादक नियुक्त गरिएको छ ।

हरिबहादुर थार्पा प्रधान सम्पादक नियुक्त भएका हुन् । यसअघि कान्तिपुर दैनिकका सम्पादक रहेका थापा केही दिनअघि मात्र साढे दुई दशक लामो आफ्नो कान्तिपुरबाट अलग भएका थिए ।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्‍यक्ष रामेश्‍वर थापासहित समूह सम्पादक विजय कुमार पाण्डे, प्रबन्ध निर्देशक लक्ष्‍मी पौडेल र निवर्तमान सम्पादक राजाराम गौतमले नवनियुक्त प्रधानसम्पादक थापालाई स्वागत गरेका थिए।

अन्‍नपूर्ण दैनिकमा यसअघि सम्पादक रहेका गौतमले अन्‍नपूर्ण दैनिकबाट राजीनामा दिएका छन्।एक वर्षअघि मात्र गौतमले अन्नपूर्ण पोस्ट्मा जिम्मेवारी सम्हालेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here