प्रधानसेनापतिद्वारापूर्व प्रधानसेनापतिहरु एवं पूर्व रथीवृन्दसँग भेटघाट तथा अन्तरक्रिया

554

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु एवं पूर्व रथीवृन्दसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । कार्यक्रममा नेपाली सेनाका विविध गतिविधि, राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरुका बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रमलाई सम्बोेधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासको लागि भईरहेका गतिविधिहरु बारे संक्षिप्त जानकारी गराएका थिए । कार्यक्रमको दौरान वर्तमान सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाको जिम्मेवारी,अपरेशनल र सैनिक कल्याणकारी योजना तथा गतिविधिका बारेमा सम्बन्धित निर्देशनालयहरुबाट जानकारी गराईएको थियो ।

 

सोही कार्यक्रममा सन् १९५८ देखि सन् १९८८ सम्म संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा खटिएका पूर्व प्रधानसेनापतिहरु, वहालवाला तथा अवकाश प्राप्त रथीवृन्द र अधिकृतहरुलाई प्रधानसेनापतिले ‘The International Peace Prize Medal 1988 ’ प्रदान गरेका थिए।कार्यक्रमको अवसरमा पूवृ प्रधानसेनापति र रथीवृन्दहरुले नेपाली सेना सम्बन्धि विविध सुझाव व्यक्त गरेका थिए ।

बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कार्यक्रमलाई समापन गर्दै प्रधानसेनापति लगायत पूर्व प्रधानसेनापतिहरु एवं रथीवृन्दको उपस्थिति र महत्वपूर्ण राय सुझावहरुको लागि धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here