निर्माता छविराज ओझाले निर्माण गर्ने पछिल्ला हरेक फिल्ममा प्रमुख भूमिकामा रहँदै आएकी अभिनेत्री शिल्पा पोखरेल, छन् ।
छविराज प्रोडक्शन निर्मित ‘लज्जा’ शिल्पाको डेब्यु फिल्मदेखि ‘हवल्दार सुन्तली’, ‘किस्मत २’ हुँदै ‘मंगलम्’ फिल्म गरिन्, जसले बक्सअफिसमा राम्रै कमाइ ग¥यो ।
छविराज ओझाबाहेक चिनेजानेका ठूला ब्यानरले उनलाई फिल्ममा लिएका छैनन् । छविराजले निर्माण नगरेका फिल्ममा पनि शिल्पाले ‘फागुु, ‘बृन्दावन’, ‘वीराङ्गना’, ‘हामी शरणार्थी’ फिल्म गरिन्,तर बक्स अफिसमा जमाउन सकेन ।
शिल्पालाई बाहिरी ब्यानरका फिल्म छविराजको सिफारिसमा मिलिरहेको समेत सिनेवृतमा चर्चा छ भनेर एक मिडियाले जनाएको छ ।
छविओझा बाहेक अरु व्यानरमा निर्माण फिल्ममा खासै नाम कमाउन नसक्नुले उनलाई फिल्मी क्षेत्रमा अभिनेत्रीको रुपमा स्थापित गराउन गाह«ो हुनेछ ।














