अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी ‘डिमान्डेड’ अभिनेत्री हुन् ।’ड्रिम्स’ बाट अभिनय यात्राको आरम्भ गरेकी उनलाई लिएर फिल्म बनाउन चाहने निर्मातारनिर्देशकको भिड छ ।
‘ड्रिम्स’ बाट डेव्यु गरेकी साम्राज्ञीको अभिनय गरेका तीन फिल्म रिलिज भइसकेका छन् । ‘ड्रिम्स’ पछि ‘ए मेरो हजुर २’ ले बक्सअफिसमा सफल भएके थियो भने तेस्रो फिल्म ‘तिमीसँग’ ले भने सोचे जस्तो व्यापार गरेन ।
तीन फिल्म अभिनय गरिसकेकी साम्राज्ञीको चौँथो फिल्म ‘कायरा’ यही शुक्रवारबाट देशैभरका हलमा लाग्दैछ ।उनको अपोजिटमा रहेका छन् नायक आर्यन सिग्देल । पहिलो पटक पर्दामा आर्यन साम्राज्ञी सँगै देखिन लागेका हुन् । फिल्मको टाइटल क्यारेक्टरमा उनी स्वयं छिन् ।
अभिनेत्री साम्राज्ञीले ‘कायरा’ सम्म आइपुग्दा कुनै पनि नायकसँग दोहोर्याएर काम गरेकी छैनन् । ड्रिम्सु मा अनमोल केसी हुँदै उनले ‘ए मेरो हजुर २’ मा सलिनमान बनियाँ, ‘तिमीसँग’ मा आकाश श्रेष्ठ, ‘इन्टु मिन्टु लण्डन’ मा धिरज मगर र ‘कायरा’ मा आर्यन सिग्देलसँग काम गरिन् ।उनको हरेक फिल्ममा हिरो दोहोरिएका छन् ।
अब हरेक फिल्ममा हिरो परिवर्तन हुने साम्राज्ञी स्वयंको निर्णय हो या कथाको माग अनुसार हो भन्ने कुरामा साम्राज्ञी निर्माण टिमलाई आफ्नो कुनै दबाब नहुने गरेको जनाएकी छिन् ।
अब हरेक फिल्ममा हिरो परिवर्तन हुने साम्राज्ञीको अब आउने फिल्महरुमा भने के हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

















