भदौ १ देखि लागूहुने संहिता कार्यान्वयनको पहिलो जिम्मेवार सरकारी वकिल

397

काठमाडौं/ महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आगामी भदौ १ गतेदेखि लागू हुन गइरहेको संहिता कार्यान्वयनको जिम्मेवार पहिलो पक्ष सरकारी वकिल रहेको जनाए ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौज्दारी कार्यविधि (संहिता) ऐन २०७४ र फौज्दारी कुसर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ सम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै संहिताका बारेमा अधिकांश नागरिक अनभिज्ञ रहेकाले उनीहरुलाई जानकार गराउन पहिले सरकारी वकिल नै स्पष्ट हुन जरुरी रहेको जनाए ।

महान्यायाधिवक्ता खरेलले लागू हुन लागेको संहिताले आगामी दिनमा न्यायको क्षेत्रमा छिटो र प्रभावकारी परिवर्तन ल्याउने भन्दै कार्यान्वयनका लागि सम्पूर्ण न्याय क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा नायब महान्यायाधिवक्ता बद्रीप्रसाद गौतमले कानून बनाउन जति सहज छ कार्यान्वयनका लागि त्यति नै जटिल छ, कार्यान्वयनका लागि सरकारी वकिल र प्रहरी प्रशासनको बढी जिम्मेवारी रहेको जनाए । संहिता कार्यान्वयन गर्न सञ्चालन गरिएको यस कार्यशालामा देशभरका सरकारी वकिल कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here