बाठमाडौं/ एभरेष्ट बैंकले २ अर्ब ७० करोड नाफा कमाएको छ । नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार सार्वजनिक गरिएको वित्तिय विवरण अनुसार सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्ष ०७४ ०७५ मा २ अर्ब ७० करोड नाफा कमाएको हो । पुरानो वित्तीय प्रणाली अनुसार भने बैंकले नाफा २ अर्ब ५४ क।रोड मात्रै भएको थियो । नयाँ लेखा प्रणाली अनुसार बैंकको नाफा १६ अर्बले बढी देखिएको हो ।
आर्थिक वर्ष ७३ ७४मा २ अर्ब ६ करोड नाफा कमाएको बैंकको एनएफआरएस अनुसार भने २ अर्ब २९ करोड देखिएको छ । नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार सार्वजनिक गरिएको वित्तीय विवरणले ३३ दशमलव ३३ प्रतिशत लाभांश वितरण गर्न सकिनेछ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड रहेको छ ।
१ सय १४ अर्ब निक्षेप संकलन गरेको बैंकले ९२ अर्ब कर्जा लगानी गरेको छ । १० अर्ब व्याज आम्दानी गर्दा बैंकले ५ अर्ब व्याज खर्च गरेको छ । बैंकको खराब कर्जा शून्य दशमलव २० प्रतिशत झार्दा प्रतिसेयर आम्दानी ३४ दशमलव ३७ रहेको छ ।

















