निशस्त्रीकरणका लागि प्रधानमन्त्री केपी ओलीबाट आह्वान

113

काठमाडौं/ ७३ औं हिरोसिमा स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले शान्ति र सहअस्तित्वको बाटोमा हिड्न विश्व समूदायलाई नै आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले घातक परमाणु अस्त्र नष्ट गर्न पनि विश्वका सरकार प्रमुखहरुलाई आग्रह गर्दै नेपालमा द्वन्द्व हुन नदिन सरकारले समाजमा मित्रतापूर्ण सम्बन्ध बढाउन चाहेको स्पष्ट पारेका छन् ।

ओलीले विनाशकारी हतियारलाई निषेध गर्न नेपालले मित्रताको, शान्ति र सहअस्तित्वको नीति लिएको पनि जनाउँदै विनाशकारी हतियारविरुद्ध आवाज उठाउन पनि विश्व समूदायलाई अपिल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here