चलचित्र समर लभमा नम्रताको भूमिका

833

सुविन भट्टराइको चर्चित उपन्यास समर लभबाट बन्न लागेको चलचित्रमा नायिका नम्रता सापकोटा अनुबन्धित भएकी छन् । गत वर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’मा बिष्णुको भुमिकामा देखिएकी नम्रता सापकोटा चलचित्र ‘समर लभ’मा ‘सुस्मिता’ नामक भुमिकामा देखिने छिन् ।

चलचित्रको छायाँकन साउनको अन्तिम साताबाट फ्लोरमा जाने जनाइएको छ । यसै चलचित्रबाट साया र अतितको रुपमा रेवती क्षेत्री र आशिष पियाले डेव्यु गर्दै छन् ।

चलचित्रमा अतीत आफ्नो कामको सिलसिलामा पश्चिम नेपाल पुग्दा त्यहाँ सुस्मितासँग भेट हुन्छ । एउटै अफिसमा काम गर्ने भएको कारण उनीहरु बिच शारिरिक सम्बन्ध हुन जान्छ । सुस्मिताले अतितलाई मन पराएकी हुन्छे । त्यसै बिच कथा घुमेको हुन्छ ।

यतिबेला ‘समर लभ’को वर्कसपमा व्यस्त रहेकी नम्रता चलचित्र समर लभ गर्दा चलचित्र ‘कान्छी’छोड्नु परेको जनाउँछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here