प्रहरी ‘इन्काउन्टर’ शंकाको घेरामा

321

महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डाबाहेक गरेका दुईटा ‘इन्काउन्टर’ विवादित बनेका छन्। २०७४ साउन २३ मा ललितपुरको कुसुन्तीमा लागूऔषधको कुलतमा फसेका युवक प्रवीण खत्री र यही साउन २१ (सोमबार) गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुईजनामाथि गरिएको ‘इन्काउन्टर’ विवादमा परेको छ।

भक्तपुरमा ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर प्रहरीले आफू ‘पपुलर’ हुन मात्रै गरेको देखिन्छ । आइतबार साँझदेखि अपहरणमा परेका बालक खड्कालाई प्रहरीले सकुशल अपहरणमुक्त गर्न सकेन । प्रहरीले बालकको अपहरणपछि हत्या गर्नेलाई पक्राउ गरी सूर्यविनायकको जंगलमा लगेर गोली हान्यो र त्यसलाई ‘इन्काउन्टर’ भनिदियो।

तामाङद्वय डेरा गरी बसेको भक्तपुरको ठिमीस्थित घरमा सोमबार बिहान ९ बजेतिर पुगेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुकै सहयोगमा बालकको शब बरामद गरेको थियो।

‘तीनवटा गाडीमा सादा पोसाकमा आएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । यहाँबाट ११ बजेतिर प्रहरी कार्यालयमा लगेका हुन’, गोपालका घरधनी श्याम लबटले भने । उनका अनुसार १०÷१५ जनाको संख्यामा आएका प्रहरीले उनीहरुलाई समातेर लगेका थिए । १० बजेतिर प्रहरीले बालकको शव गाडेको अवस्थामा बरामद गरेको थियो। नागरिक दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here