विद्यार्थी प​रिष​द्ले म​हिला हिंसाअन्त्य​को माग​ गर्दै मुख्यमन्त्रीको कार्यालयअगाडी दिए धर्ना

369

ध​न​ग​ढि/ देश​मा हुँदै ग​इरहेको म​हिला हिंसा विरुद्व अन्त्य​को माग​ गर्दै प्राज्ञिक विद्यार्थी प​रिष​द्ले हिजो मंगलबार ध​न​ग​ढिन​ग​र​मा विशाल​ रयाली ​प्रदशन ग​रेको छ ।

ज्ञान शील​ एकतालाई आधार शिला ब​नाइ व्य​क्ति निर्माण​बाट​ राष्ट्र्को पुर्न​निर्माण ग​र्ने ध्येय​ राखेको नेपाल​को एक मात्र​ स्व​तन्त्र​ विद्यार्थी संगठन ​ प्राज्ञिक विद्यार्थी प​रिष​द्ले सो रयाली प्रदशन गरेको हो ।

वर्तमान समयमा नैतिक शिक्षा लागुको आवश्यकता सन्दर्भ एवं भर्करै मात्र​ कन्च​न​पुर​ मा भ​एको १३ बर्ष कि बालिकाको बलात्कार गरि हत्या गरेको र देशभर नारी सुरक्षा माथिको अवस्था प्रती आपत्ति जनाएका थिए ।

महिलालाई सम्मान गर, नारी सुरक्षा कायम गर, नैतिक शिक्षा लागू गर, शान्ती व्यवस्था कायम गर, नेपाल आमाको जय
नारी सम्मान सुरक्षा, देशको रक्षा दोषीलाई कारबाही गर

विद्यार्थीहरुले “महिलालाई सम्मान गर, नारी सुरक्षा कायम गर, नैतिक शिक्षा लागू गर, शान्ती व्यवस्था कायम गर, नेपाल आमाको जय ! नारी सम्मान सुरक्षा, देशको रक्षा दोषीलाई कारबाही गर ” जस्ता नारा लगाएका थिए ।

धनगढीको पार्कमोड बाट​ सुरु भ​एको रयाली चौराह​मा पुगेर कोणसभामा प​रिण​त भ​एको थियो । रयालीमा विधार्थिहरुका साथै स्थानीय व्यक्ति तथा व्यापारीहरुको पनि उपस्थिती रहेको थियो ।

प्राज्ञिक विद्यार्थी प​रिष​द नेपाल​का राष्ट्रिय​ स​चिव​ च​न्द्र​ सेख​र जोशिको सयोजकतामा भएको उक्त ¥यालीलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले बल​त्कारीलाई कारबाहीको जोडदार माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडी धर्ना दिएका थिए । सरकारलाई खबरदारी दिँदै मुख्यमन्त्रीको कार्यालय अगाडी ३० मिनट धर्ना दिएका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here