काठमाडौं- महानगरपालिका-१५ स्वयम्भू अन्नपूर्ण चोकबाट २३ वर्षीय बादल श्रेष्ठलाई अवैध लागूऔषध नुर्फिन ३४ थान, डाइजेल्याब ३४ थान र फेनारागन ६० एम्पुल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा दाङबाट काठमाडौं आउँदै गरेको ना.६ख ७९१० नम्बरको बसमा सवार काठमाडौं महानगरपालिका–९ गौशला बस्ने ३७ वर्षीय राजिब गुरुङलाई लागूऔषध डाईजेपाम १ सय एम्पुल, नुर्फिन १ सय १ एम्पुल र फेनारगन १ सय एम्पुल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही : लालबन्दी नगरपालिका-३ भैरवपुल जब्दीबाट ना.४४ प २०४९ नम्बरको मोटरसाइकलमा सवार ४१ वर्षीय गोरे भन्ने ईन्द्रबहादुर खपाङ्गी र २५ वर्षीय जितु भन्ने नेत्रबहादुर रानालाई लागूऔषध डाइलेक्स डिसि १ सय एमएलको ११ बोतल, कोडोरेक्स एनएफ १ सय एमएलको १० बोतल र कोजोम एलसिडि ५ बोतल र नगद नेपाल ९ हजार ३ सय तथा भारतीय रुपैयाँ १ सय १५ सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
मोरङ : बिराटनगर महानगरपालिका-१४ स्थित ईलाका प्रहरी कार्यालय रानीको कार्यालय अगाडिबाट भारतबाट नेपालतर्फ आँउदै गरेका पैदलयात्री बिराटनगर महानगरपालिका-१० बस्ने २७ वर्षीय चन्दन मण्डललाई शरीरमा टेपले बाँधेको अबस्थामा लागूऔषध लुपिजेशिक २० एम्पुल, एभिल २० एम्पुल, डाइजेल्याप २० एम्पुल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।


















