काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार चुनौतीमा टेकेर आएको हुँदा कसैको चाहनामा चल्ने र ढल्ने दुबै नहुने दावी गरेका छन्।
आइतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउने सही नीतिसहित अघि बढेको सकार सफल भएरै छाड्ने जनाए। उनले अरु कोही भन्दा कम त्याग तपस्या गरेर यो उपलब्धी नगरेको जनाउँदै जनताको बलिदानबाट दुईतिहाइ पाएको उल्लेख गरे। कुनै नीतिगत त्रुटीबाट गलतका कामबाट सरकारले जनताको आलोचना ब्यहोर्नुपर्ने अवस्था सिर्जना गरेको छैन’ ओलीले भने आलोचना गर्नेले गर्दै रुहन्, गत वर्ष ७.५ प्रतिशत आर्थिक वृद्धि भयो।
अब यो वर्ष ८ प्रतिशत हुन्छ, अर्को वर्ष ९ प्रतिशत पुग्छ, अर्को वर्ष ११ वर्ष, यसलाई हामी बढाउँदै लैजान्छौँ।’ उनले अहिले नयाँ प्रणालीको अभ्यास भइरहेको जनाउँदै यसमा पुरानो प्रणालीका पक्षधर पनि अटाएका उल्लेख गरे। ‘पुरानो प्रणलाीका पक्षधरले पनि नयाँ प्रणालीमा खुलेआम गतिविधि गर्न पाउँछन्’, उनले भने, ‘यो सुन्दर प्रणालीमा राम्रो अभ्यास नहुँदै यसलाई कमजोर बनाउने तत्व पनि छन्। जसको पछि चर्चा हुनेछ।’ प्रधानमन्त्री ओलीले फ्याकिसकेको पुरानो व्यवस्था राजतन्त्र फर्काउने कोशिश कसैले नगर्न चेतावनी समेत दिए।
‘चिहानमा गएर हड्डी फुकेर पुरानो व्यवस्था (राजतन्त्र) फर्काउँछु भन्ने परिकल्पना नगरे हुन्छ’, ओलीले चेतावनीको शैलीमा भने, ‘यसको अब कुनै अर्थ छैन। बेमौसमी सपना नदेखे हुन्छ, बेमौसमी बाजा नबजाए हुन्छ।।’ प्रम ओलीले संविधान निर्माण र कार्यान्वयले पूर्णता पाएको जनाए। बाँकी कानुन पनि यस संसदले बनाइसक्ने उनले उल्लेख गरे।


















