भारतीय विदेशमन्त्री भोलि नेपाल आउने

64

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउने भएका छन् ।

नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउने भएका हुन् ।

संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुनेछ ।

बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले अध्यक्षता गर्नेछन् । बैठकमा द्वीपक्षीय सम्बन्धनका साथै आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुनेछ ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here