अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चायो

150

काठमाडौँ, २६ साउन । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिमा अपराध बढेका कारण पत्रकारमाथि खतरा रहेको बताए । अध्यक्ष शर्माले मुठभेडमा व्यक्तिलाई गोली हानी मार्ने पद्धति न्याय विपरीत रहेको बताउँदै मानवअधिकार उल्लङ्घन हुँदा नागरिक सङ्घसंस्था चुप लागेर बस्न नहुने धारणा व्यक्त गरे ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलियाले जनता र सरकार बीचको अन्तरसम्बन्धलाई जोड्ने काम नागरिक संस्थाले गर्नुपर्ने उल्लेख गर्दै संविधानमा उल्लेख भएका जनताका अधिकारलाई प्रदान गराउनतर्फ त्यस्ता संस्था सक्रिय हुनुपर्नेमा जोड दिए ।

सङ्घ, प्रदेश र स्थानीय तहमा सुशासन प्रणाली प्रभावकारी बनाउन सरकार लागिपरेको बताउँदै उनले नागरिक संस्था दर्ता गर्ने सम्बन्धी कानून ल्याउन थालेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here