घर्तीगाउँबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

119

रोल्पा, २६ साउन । विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा कोणसभा गर्न लाग्दा प्रहरीले रोल्पाको घर्तीगाउँबाट दुई कार्यकर्ता नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सो पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेको बताइएको छ । उनीहरुसँगै नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विरोध कार्यक्रम हेर्न पुगको क्षेत्रीय सभापति घर्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यक्रम नगर्न पटक पटक गरिएको अनुरोधलाई अटेर गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आफ्ना जिल्लास्तरीय दुई कार्यकर्ता पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले पुष्टि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here