काठमाडौं/ नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम‘ दशैंमा बीस लाख’योजना सार्वजनिक गरेको छ।
यो योजना २०७५ सालअसोज ७ गते देखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नु हुनेछ ।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनु भएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको हो ।
योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जनाभाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फतरू.१००० को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जनाभाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई रू.२०(बिस) लाख नगद प्रदान गरिनेछ ।
नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापनाकालदेखि नै गर्दै आइरहेको छ ।
‘लक्की ड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजाल मार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नु पर्नेछ । आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनु हुने छैन ।
विजेताले प्राप्त गर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ । योजनाको सर्वाधिकार यस कम्पनीमा निहित हुनेछ । विस्तृत जानकारी कम्पनीको आधिकारिक वेवसाइट, सामाजिक संजाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीय सम्पर्क कार्यालय एंव प्रतिनिधि,विदेशस्थित सम्बन्धित कार्यालय, केन्द्रीय कार्यालय एव संचार माध्यम मार्फत् प्राप्तगर्न सकिनेछ ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १८१ आइएमई सेन्टर सहित ७७ जिल्लाका८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।



















